Section 51F
भू–उपयोग परिषद्को गठन
(१) भू–उपयोग सम्बन्धी नीतिलाई कार्यान्वयन गर्ने सम्बन्धी काममा समन्वय गर्नका लागि देहाय बमोजिमका अध्यक्ष तथा सदस्यहरु रहेको भू–उपयोग परिषद् गठन हुनेछः–
(क) नेपाल सरकारले तोकेको व्यक्ति – अध्यक्ष
(ख) सदस्य, राष्ट्रिय योजना आयोग (भूमिसुधार
तथा व्यवस्था मन्त्रालय हेर्ने) – सदस्य
(ग) सचिव, अर्थ मन्त्रालय – सदस्य
(घ) सचिव, उद्योग मन्त्रालय – सदस्य
(ङ) सचिव, उर्जा मन्त्रालय – सदस्य
(च) सचिव, कानून, न्याय, संविधानसभा तथा
संसदीय मामिला मन्त्रालय – सदस्य
(छ) सचिव, कृषि मन्त्रालय – सदस्य
(ज) सचिव, गृह मन्त्रालय – सदस्य
(झ) सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय – सदस्य
(ञ) सचिव, रक्षा मन्त्रालय – सदस्य
(ट) सचिव, वन तथा भू–संरक्षण मन्त्रालय – सदस्य
(ठ) सचिव, विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय – सदस्य
(ड) सचिव, सहकारी तथा गरिवी निवारण मन्त्रालय – सदस्य
(ढ) सचिव, शहरी विकास मन्त्रालय – सदस्य
(ण) सचिव, सिंचाई मन्त्रालय – सदस्य
(त) सचिव, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय – सदस्य
(थ) सचिव, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय – सदस्य
(द) भू–उपयोग सम्बन्धी विशेषज्ञहरुमध्ये नेपाल सरकारबाट
मनोनित कम्तीमा एकजना महिला सहित तीन जना – सदस्य
(ध) सचिव, भूमि सुधार तथा व्यवस्था मन्त्रालय – सदस्य
(२) उपदफा (१) को खण्ड (क) र (द) बमोजिम तोकिएको अध्यक्ष र सदस्यको पदावधि चार वर्षको हुनेछ ।
(३) उपदफा (१) बमोजिमको परिषद्ले आवश्यक देखेमा कुनै विशेषज्ञलाई परिषद्को बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(४) उपदफा (१) बमोजिमको परिषद्को बैठक सम्बन्धी कार्यविधि परिषद् आफैले निर्णय गरे बमोजिम हुनेछ ।
(५) उपदफा (१) बमोजिमको परिषद्को अन्य काम, कर्तव्य तथा अधिकार तोकिए बमोजिम हुनेछ ।
(६) परिषद्का अध्यक्ष र सदस्यहरुको सेवा र शर्त सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।